Comments Add Comment

Advertisment

SKIP THIS

१ बजे नै सेयर बजारमा १०० अंकको पहिरो

२७ मंसिर, काठमाडौ । साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सय अंकको गिरावट आएको छ ।

दिउँसो साढे १ सम्ममा बजारमा एक सय अंकको गिरावट आएको हो । ४.२० प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २२ सय ६६ अंकमा आइपुगेको छ ।

यसक्रममा अहिलेसम्म २ अर्ब ४० करोड रुपैयाँ बराबरको ५८ लाख कित्ता सेयर किनबेच भएको छ । आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ ।

यसअघि, नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिबार पार्टीको प्रदेश सम्मेलनमा सम्बोधन गर्दै पूँजी बजारलाई साम्राज्यवादको संज्ञा दिएका थिए ।

तरलता अभावका कारणले ओरालो गतिमा रहेको बजार प्रचण्डको सम्बोधन आएपछि झनै ओरालो लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

दोहोरो अंक बढ्यो सेयर बजार

सेयर बजारमा २१ अंक माथिको गिरावट

नेप्से उपसूचक कारोबार राताम्मै