Comments Add Comment

Advertisment

SKIP THIS

सेनाकाे जवानले चलाएका टिप्परले ठक्कर दिदा विपिन विकको मृत्यु

२६ पुष , काठमाडौ । काठमाडौंको बिजुली बजारमा पुस २५ मा राति यात्रुलाई ठक्कर दिएर भागेका टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बा २ख ५१४५ नम्बरको टिप्परको ठक्करबाट कालिकोटको पंचाल झरना गाउँपालिका घर भई हाल भक्तपुरको ब्यासी बस्ने २२ वर्षका विपिन विकको मृत्यु भएको थियो ।

पक्राउ पर्नेमा नेपाली सेनाका जवान सिन्धुपाल्चोक सेलाङ–५ घर भएका ३७ वर्षीय दुर्गा श्रेष्ठ छन् । भक्तपुरको सल्लाघारी बस्दै आएका सैनिक जवान श्रेष्ठ कार्यालय समयपछि टिप्पर चलाउँथे । उनी सेनाको जंगी अड्डामा कार्यरत थिए ।

श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० दिनेशराज मैनालीले बताए ।

कमलपोखरीस्थित कृष्ण पाउरोटीबाट माटो लिएर बानेश्वरतर्फ जाँदै थिए । बिजुलीबजारस्थित मायालु दोहोरी साँझमा झगडा परेपछि सडकमा निस्केका विपिनलाई टिपरले ठक्कर दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै