Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटमा ४२ थान मोटर र ५ थान कटर मेसिन बरामद

१८ चैत , काठमाडौं । रौतहटमा नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले ठूलो परिमाणमा विद्युतीय मोटरसहितका सामान बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय मौलापुरको टोली र देवाही गोनाही सशस्त्र बेस क्याम्पको टोलीको सहयोगमा चुहावट नियन्त्रण टोलीले विभिन्न स्थानबाट ४२ थान मोटर र ५ थान कटर मेसिन बरामद गरेको हो।

हुकिङ गरेर विद्युत चोरिरहेको अवस्थामा बिहीबार राति २६ थान विद्युतीय मोटर, २ थान कटर मेसिन तथा विद्युतीय तार बरामद भएको विद्युत प्राधिकरण मौलापुरका प्रमुख सञ्जिवकुमार दासले बताएका छन् । सो टोलीले २ दिन अघि मात्र १६ थान मोटर र ३ थान कटर मेसिनलगायतका सामान बरामद् गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै