Comments Add Comment

Advertisment

SKIP THIS

नेयमार दुई महिना मैदान बाहिर रहने

१४ मंसिर काठमाडौ । ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन ९पिएसजी० का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् ।

२९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३–१ ले विजयी हुँदा घाइते भएका थिए ।

पिएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि आठ हप्ता मैदान बाहिर रहने बताएको हो ।

पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले चोट गम्भीर नभएको बताए पनि घुँडाको लिगामेन्टमा समस्या देखिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै