Comments Add Comment

Advertisment

SKIP THIS

जनार्दन शर्माले पाए ‘क्लिन चिट’

१३ साउन , काठमाडौँ । बजेट निमार्णको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका जनार्दन शर्माले ‘क्लिन चिट’ पाएका छन् ।

गत जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री जनार्दनले राजीनामा दिएका थिए । उक्त प्रकरणमा जनार्दनले ‘क्लन चिट’ पाएका हुन् ।

संसदीय विशेष छानबिन समितिले बजेट निर्माणका अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । प्रतिनिधि सभामा पेस गरिएको प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख छ । समितिले १७ दिन लगाएर छानबिन गरेका थिए ।

प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताए ।

अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’

सांसद लक्ष्मण लाल कर्णको संयोजकत्वमा प्रतिनिधि सभाको गत असार २२ गते बसेको बैठकले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समतिले आज प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै