०१ फाल्गुण , काठमाडौं । यो वर्ष सगरमाथा आरोहण गर्नको लागि दश मलेसियाली नागरिक नेपाल आउन लागेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभियानमा विभिन्न जात, धर्म र पृष्ठभूमिका मलेसियाली आरोहीहरू झण्डै तीन वर्षको ढिलाइपछि सगरमाथा आरोहण गर्दैछन् ।
अल्टिच्युड एक्सप्लोरेसन क्लबका अध्यक्ष ३३ वर्षीय अजिम अफिफ इशाकको नेतृत्वमा रहेको टोली ६३ दिने मिसनमा अर्को महिना नेपाल आउने छन्, जसको सबैभन्दा चुनौतीपूर्ण पक्ष अप्रिलमहिनामा पर्ने उपवास महिनामा आरोहण गर्नेछन् ।
अजिमले २०१६ मा तिब्बती मोहोडाबाट सगरमाथाको चुचुरो पुगिसकेका छन् भने यस पटक नेपाल हुँदै फेरि सगरमाथा आरोहण गर्ने अभियान उनको लागि परीक्षा हो।
नेपाल हुँदै सगरमाथा आरोहण गर्ने उनका अघिल्ला दुई प्रयास असफल भएका थिए ।
सन् २०१४ मा सगरमाथामा आएको हिमपहिरोका कारण र अप्रिल २०१५ मा नेपालमा भूकम्प गएपछि उनको टोलीले आरोहण सफल हुन सकेको थिएन । त्यसपछि उनको टोलीले सगरमाथाको आरोहणको तयारी गरिरहेको छ ।
‘यस पटकको सगरमाथा आरोहण मेरो मात्र होइन, एकता र सद्भावको भावनालाई विश्वको शिखरमा पुर्याउने विभिन्न आरोहीहरूको सहयोग पनि हो,’ उनले सन् २०२२ मलेसियाको सगरमाथा आरोहण गर्ने आरोहीहरूलाई परिचय दिने कार्यक्रमपछि भने।
उक्त परिचयात्मक कार्यक्रममा युनिभर्सिटी टेक्नोलोजी मलेसियाका प्रो चान्सलर तथा आरोहण सल्लाहकार तान श्री डा सल्लेह मोहम्मद नोर, र भ्याट ६९ कमाण्डर अब्दुल रजाक मोहम्मद युसुफ पनि उपस्थित थिए।
यसपटक मिसन सफल भए सगरमाथा आरोहण गर्नेको सङ्ख्या २९ जना पुग्नेछ ।
उनले सम्पूर्ण आरोहणको यात्रा रेकर्ड गरी डकुमेन्ट्री बनाइने र यसले देशको फिल्म उद्योगलाई पनि टेवा दिने बताए ।
टोलीमा सिभिल डिफेन्स फोर्स र रोयल मलेसिया पुलिस अन्तर्गत भ्याट ६९ को सदस्यहरू साथै अपाङ्गता भएका व्यक्ति पनि समावेश रहेका छन् । एजेन्सी



