Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ

२४ चैत , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । आज विश्व स्वास्थ्य दिवसका दिन आयोजित एक समारोहमा उक्त अभियानको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा उनले खोप अभियानको सफलताको कामना गर्दै भने, “जसरी हामीले कोभिडविरुद्धको खोप अभियानमा धेरै हदसम्म सफलता पाएका छौँ, मलाई विश्वास छ, टाइफाइडविरुद्धको खोप अभियानमा पनि हामी सफल हुनेछौँ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर टाइफाइडविरुद्धको खोप अभियान थालेको हो । अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ । यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको मन्त्रालयले जनाएको छ । यही चैत २५ गते (भोलि)देखि आउँदो वैशाख १८ गतेसम्म राष्ट्रव्यापी रूपमा सो खोप अभियान सञ्चालन हुनेछ । केही जिल्लामा भने अभियानअन्तर्गत नै टाइफाइडविरुद्धको खोप लगाउन सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै