Comments Add Comment

Advertisment

SKIP THIS

कर्तव्य गरि ज्यान मार्ने अभियोगमा २ जना पक्राउ

१७ असोज , काठमाडौ । काठमाण्डौ जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं १२ गुर्जुधारा मेन रोड नजिकै उत्तर तर्फ कालिका घाटको गल्लीमा विहान मर्निङ्ग वाल्क गदै जादा एक मानिस घाईते अवस्थामा खबर पाउनासाथ प्रहरी प्रभाग वलम्वु त्यस ठाउमा पुगेको जानकारी आएको छ ।

उक्त घाईतेलाई तत्काल प्रहरी परिचालन गरि एम्वुलेन्समा ट्रमा सेन्टरमा उपचार गर्दा गर्दै मृत्यु भएको छ ।

मृत्युहुनेमा जिल्ला धादिङ थाक्रे गाउपालिका वडा नं.१० घर भई हाल जिल्ला काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं. १२ गुर्जुधारामा फुटपातमा कहिले काँही तरकारी पसल (घुम्ती) गरी बस्ने बर्ष ३५ को ट्वाके भन्ने दिनेश मिजार रहेका छन् ।

घटनामा संलग्नहरुको खोजलास गर्दा चटके भन्ने राजेश नेपालीलाई काठमाडौ जिल्ला चन्द्रागिरि नगरपालिका वडा न.१५ स्थित बाट पक्राउ गरीएको हो ।

घटनाको विषय मादक पदार्थ सेवन गरी साँगुरो गल्लीमा भेटघाट भइ भनाभन हुँदा कुटपिट गरेको भन्ने जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै