२१ कात्तिक, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट नजिकै टिपरले चुँडालेको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ना.८ ख ३८४९ नम्बरको टिपरले माटो खसालेर ब्याक गर्ने क्रममा विद्युतको तार चुडेको थियो । सो तारबाट चुहिएको करेन्ट लागेर मोटरसाइकलमा सवार बहुदरमाई नगरपालिका–४ घर भएका ४५ वर्षीय नागेन्द्र यादवको मृत्यु भएको हो ।
ड्राइपोर्टबाट परवानीपुर तर्फ जाँदै गरेको ना.४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार १९ वर्षका सिकेन्द्र प्रसाद यादव घाइते भएका छन् । उनको उपचार भइरहेको छ । दुर्घटना गराउने टिपर चालक फरार छन् ।






