Comments Add Comment

Advertisment

SKIP THIS

विराटनगर जिल्ला कारागारमा कोरोनाका कारण कारागारमा एक जनाको मृत्यु

३२ असार , काठमाडौं । विराटनगरस्थित जिल्ला कारागारमा कोरोना सङ्क्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको र अन्यको पनि एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस पुष्टि भएको कारागार प्रशासनले जनाएको छ।

कारागारका कैदीबन्दीमा एक साताअघि ज्वरोका बिरामी भेटिएका थिए। त्यसपछि फैलन सुरु भएको ज्वरोले अहिले प्रकोपकै रूप लिएको छ । ज्वरो अत्यधिक आएपछि कोसी अस्पतालमा भर्ना गरिएकामध्ये मोरङको सुन्दरहरैचा नगरपालिका-४ घर भएका कैदीबन्दी ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भइसकेको छ। ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई १०४ डिग्री ज्वरो आएपछि बिहीबार दिउँसो उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

आइसियुमा राखेर उपचार भइरहेकामा दिउँसो पौने ३ बजेतिर मृत्यु भएको कारागारका निमित्त जेलर तुलसीराम भगतले बताए। कोरोना परीक्षण नगरिकन शव परिवारका सदस्यले बिहीबार नै बुझेर लगिसकेका छन् । मृतक नेपाल अन्य रोगको बिरामीसमेत रहेकाले नियमित औषधि सेवन गरिरहेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै