Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा फेरि नो हर्न अभियान सुरू

२२ साउन , काठमाडौं । काठमाडौं उपत्यकामा फेरि नो हर्न अभियान सुरू भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकासँग समन्वय गरी अभियान सुरू गरेको हो।

आइतबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी अभियानको सुरूवात गरिएको हो। कार्यक्रममा महानगर प्रमुख बालेन शाहलाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख बालेन शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टासेँर कार्यक्रमको उद्घाटन गरेका थिए।

नो हर्न अभियानबारे सचेतना दिन आजबाट १५ दिन सम्म पद्मकन्या बहुमुखी क्याम्पसका एक सय विद्यार्थीहरू पनि ट्राफिक प्रहरीसँगै सडकमा खटिने छन्।

हर्नले ध्वनी प्रदुषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिएको बालेन शाहले बताए।

काठमाडौं उपत्यकामा ध्वनी प्रदुषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट नो हर्न लागु गरिएको थियो। जसअनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै