०७ बैशाख , काठमाडौं । ‘मिस नेपाल–२०२२’ को आवेदन खुलेको छ ।
आयोजक द हिडन ट्रेजरले विज्ञप्ति जारी गर्दै मिस नेपाल २०२२ को आवेदन खुला गरेको जनाएको छ ।
वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । मिस नेपालमा छनोट हुन १८ वर्षदेखि २७ वर्ष उमेर ननाघेको र कम्तीमा ५ फिट ३ इन्च उचाइ हुनु पर्नेछ ।
आवेदन दिनको शैक्षिक योग्यता न्यूनतम दश जोड दुई उत्तीर्ण हुनु पर्नेछ । अप्रिल २२ देखि मे १० सम्म सातै प्रदेशमा अडिसन हुनेछ ।






