Comments Add Comment

Advertisment

SKIP THIS

विवाह गर्दै पूर्वमिस नेपाल सदीक्षा

१९ असार , काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् । उनको र राहुलको विवाह समारोह मंगलबार आयोजना गरिएको मिस नेपाल आयोजकले जनाएको छ ।

नेवारी परम्पराअनुसार उनले विवाह गर्न लागेकी हुन् । विवाहमा आफन्त र निकट व्यक्तिलाई मात्र निम्तो गरिएको बताइएको छ । सदीक्षा र राहुल विगत एक वर्षदेखि प्रेममा रहेका थिए । सदीक्षा २०१० की मिस नेपाल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै