२७ पौष , काठमाडौँ । बाँकेको नेपालगन्जमा यही पुस १२ गतेदेखि फैलिएको दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या १०८ पुगेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर–१, ५, ६, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी १०८ जनामा संक्रमण देखिएको छ ।
उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार संक्रमितमध्ये दुई बालबालिकाको अवस्था गम्भीर छ । उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । अरू संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ ।
मिजल्स भाइरसका कारण केही दिनअघि नेपालगन्ज–५ का ३१ महिने एक शिशुको मृत्यु भएको थियो । उपमहानगरले संक्रमित देखिएका सबै वडामा भिटामिन ‘ए’ र दादुराविरुद्धको खोप दिइरहेको छ ।







