Comments Add Comment

Advertisment

SKIP THIS

बुधबारे हटियाका मेयर पवित्रा महतारा प्रसाइँमाथि हातपात

६ असार , काठमाडौं । बुधबारे हटियाको बारेमा छलफल गर्न बसेको सर्वपक्षीय बैठकमा विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईँमाथि दुर्व्यवहार भएको छ ।

विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले मेयर पवित्रामाथि दुर्व्यवहार गरेको आरोप छ । मेयरमाथि दुव्र्यवहार भएको भन्दै नाराबाजी गरिएको छ ।

एमालेका नगर अध्यक्ष सुवास भट्टराईमाथि हातपात गरेको आरोप एमालेले लगाएको छ । बुधवार हटियाका व्यापारीलाई विद्युत महसुलको मिटर दिनुपर्ने माग राख्दै उद्योग वाणिज्य संघमा आबद्ध व्यक्तिहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूको माग सम्बोधन गर्न नगरपालिकाले सर्वदलीय बैठक बोलाएको थियो ।

हटियामा नियमविपरीत बसेका व्यापारीलाई बिजुलीको मिटर दिनुभन्दा पहिले वृहत छलफल गर्नुपर्ने मेयरको भनाइ थियो । मेयरले जग्गादाता समेत राखेर छलफल गर्ने भनेपछि संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेले तत्काल जडान गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै