Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिकाले मनोरञ्जनमा १० लाख सिध्धायो ; कोरोना महामारी बढ्दा दाताहरु गुहार

१३ जेठ , काठमाडौ । तारकेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले कोरोना महामारी नियन्त्रणमा सहयोग गर्न ईच्छुक दाताहरुको लागी गुहार मागेको छ । 

सम्मानिय प्रधानमन्त्री के पी शर्मा ओली हामी देशका हरेक ठाउमा योमहामारीमा कसैलाइ पनि मर्न दिने छैन भन्दा भन्दै तारकेश्वर नगरपालिकाले व्यक्त्ती सगं अनुरोध मागेको छ । नगरपालिकाले बार्षिक विकास बजेटको १ चौथाई रकम पनि विकास कार्यमा खर्च गर्न नसकेको तारकेश्वर नगरपालिकाले कोरोना महामारी नियन्त्रणमा दाता गुहारेको छ ।

आखिर सोही बजेट महामारी झिक्न सकिन्छ नि मेयर ज्यु, कि बजेट रारा घुमघाम, धुलिखेल डिनर जस्ता मनोरञ्जनमा १० लाख फजुल खर्च गरेको सुनियो । के सुनिरहदा बार्षिक विकास बजेट नै उतै रोकिएको हो कि ?

नगरपालिकाले कोरोना महामारीको नियन्त्रणमा निषेधाज्ञाको चपेटामा परेका जनताहरूसँग आर्थिक सहयोग मागेर लज्जास्पद कार्य गरेको छ। तारकेश्वर नगरपालिकाका एक स्थानीयले भने “नगरपालिकामा विनियोजन भएको बजेटले सियो समेत नकिनेर अहिले हामी निषेधाज्ञाबाट पीडित जनतासँग झोला थाप्न लाज लाग्नुपर्ने हो ।”

कोरोना भाइरस महामारीको पहिलो चरणमा पनि जनतालाई निराश बनाएको तारकेश्वर नगरपालिकाले अहिलेपनि जनताको नै रगत चुस्ने काम त गरेको होइन कि विरोधी कार्य गरेको हो ।

तारकेश्वर नगरपालिकाको जेठ १० गते मेयर रामेश्वर बोहराद्वारा जारी विज्ञप्तिमा कोभिड १९ नियन्त्रणमा नगरपालिकाले गरिरहेको कार्यमा सहयोग पुर्याउन र रकम जम्मा गरि सहयोग गर्नुहुन नगरपालिका हार्दिक अपिल गर्दछ भनिएको छ। बाकी कुरा विज्ञप्तिमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै