Comments Add Comment

Advertisment

SKIP THIS

जीवित कछुवाका बच्चासहित दुई जना पक्राउ

३० जेठ , काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट १० कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।

कोटेश्वरस्थित एक क्याफे हाउसमा शङ्कास्पदरुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेका अवस्थामा उक्त कछुवा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूले प्रयोग गरेको बा९९प ४९४४ नम्बरको मोटरसाइकल र तीन थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment