Comments Add Comment

Advertisment

SKIP THIS

महानगर प्रमुख बालेनविरूद्ध अन्दोलनमा उत्रिए फुटपाथ व्यवसायी

७ भदौ , काठमाडौं । फुटपाथ व्यवसायीहरु काठमाडौं महानगरपालिकाविरुद्ध अन्दोलनमा उत्रिएका छन् ।

काठमाडौंका फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले आज (मंगलबार) महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका हुन् । फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको उनीहरूको भनाइ छ ।

महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई भेटेर ज्ञापनपत्र बुझाउन जाँदा मेयरले भेट्न नचाहेको भन्दै उनीहरुले नारावाजी गरेका थिए । उनीहरूले रोजगारीको व्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबासको ग्यारेन्टी गर, नगर प्रहरीको अत्याचार बन्द गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर भन्दै नारावाजी गरेका थिए ।

आन्दोलित व्यापारीहरूले सडक स्वरोजगार श्रमिकलार्य मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने र प्रशासनकोतर्फबाट भइरहेका अमानवीय व्यवहार बन्द गरी यसअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

महानगरले सडक फुटपाथबाट व्यापारी हटाउन थालेपछि उनीहरू आन्दोलित भएका हुन् । आफ्ना तीनबुँदे माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै