Comments Add Comment

Advertisment

SKIP THIS

माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत

१३ भाद्र , काठमाडौ । नेकपा एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।

आइतबार संसद भवनमा बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

प्रतिनिधिसभामा सो दलका २२ जना सांसद छन् । यस्तै राष्ट्रियसभामा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन् । उनी पनि सर्वसम्मत नेता चयन भएका हुन् । राष्ट्रियसभामा ७ जना रहेका छन् ।

एमालेमा विद्रोह गर्दै नेता नेपालको अगुवाइमा नयाँ दल बनेको थियो । निर्वाचन आयोगले गत बुधबार सो नयाँ दललाई दल दर्ताको प्रमाण पत्र दिएको थियो । दलले वैधता पाएपछि सो दलले ५ सदस्यीय स्थायी कमिटी पनि गठन गरेको छ ।

एकीकृत समाजवादी पार्टीले देउवा सरकारमा जाने यसअघि नै निर्णयसमेत गरिसकेको छ । सोमबारसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै