Comments Add Comment

Advertisment

SKIP THIS

आजको संसदअघि सत्तागठबन्धनको बैठक

८ फागुन, काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप आज सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ । संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको हो ।

संसद बैठक दिउँसो १ बजेका लागि डाकिएको छ भने सत्तागठबन्धनको बैठक १० बजे बोलाइएको छ । शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एसले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो ।

नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सत्ताघटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । आजको संसदको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद अवरोध कायमै राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै