Comments Add Comment

Advertisment

SKIP THIS

गठवन्धनका उम्मेदवारलाई बहुमतले जिताऔँ : देउवा

३० असोज , काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रलाई स्थाइत्यो दिन जरुरी रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले प्रजन्तंत्र जोगाउन सबै नेताहरु एक भएर जानुपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कुनै पनि पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नभएको र गठवन्धनमा मिल्नुको विकल्प नरहेको बताएका हुन् । उनले अहिलेको संविधानमा समावेसिता भएको र सबै नेपालीलाई अटाउने ठाउँ भएको बताए ।

मिल्नर निर्वाचन लड्ने सस्कृतिको विकास भएको प्रधानमन्त्री देउवाले बताए । उनले सबै पार्टी मिलेर लोकतन्त्रको सुदृढ गर्ने र गरिवी घटाउनु पर्ने बताए ।

साथै उनले गठवन्धनका साझा उम्मेदवार ओनसरि घर्तिको प्रसंसा समेत गरे। उनले सभामुख हुँदा पनि राम्रो काम गरेको बताए। माओवादीबाट सभामुख बने पनि कहिले पनि पार्टीको रुपमा काम नगरी सिंगो नेपालको लागि काम गरेको बताए।

उनले गठवन्धनका उम्मेदवार घर्तिसहित सबैलाई अत्याधिक बहुमतले जिताउन अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै