Comments Add Comment

Advertisment

SKIP THIS

पर्सा प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद

काठमाडौँ – प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । पर्सा प्रहरीले वीरगन्जका विभिन्न ठाउँबाट ३३ लाख बराबरका बिभिन्न किसिमका लत्ताकपडा तथा चक्लेट बरामद गरेको हो ।

प्रहरीलाई प्राप्त विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्जको आदर्शनगरस्थित भन्सारबाट चोरी पैठारी गरी भारतबाट वीरगञ्ज भित्राइ अनाधिकृतरूपमा भण्डारण गरेको मदन गुप्ताले संचालन गरेको जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टको कोठाभित्र कानूनी रितपुर्‍याई खानतलासी गर्दा सो ट्रान्सपोर्टको गोदामबाट १३ पोका अठार लाख बराबरको कपडाहरू बरामद गरी थप अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साथै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले विशेष सुचनाको आधारमा अवैध रुपमा भारतबाट भंसार छली चोरी पैठारी गरी वीरगञ्जको घण्टाघरतर्फ ल्याउदै गरेका बिभिन्न किसिमका कपडा, चकलेट र प्याज लगायतका सामानहरु अं.मुल्य १५,००,००० बराबरको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाईएको प्रहरीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै