१ असोज , काठमाडौँ । सशस्त्र प्रहरी बल धरानले धरान ५ को गुँसरास चोकबाट लागूऔषध र खुकुरी सहित एक युवालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल धरानका अनुसार शुक्रवार राति ८ बजे धरान ५ मा खट्को शसस्त्र प्रहरि टोलिले धरान ५ का २२ वर्षिया आइतबहादुर लिम्बुलाई लागूऔषध र खुकुरी सहित पक्राउ गरेको जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका अनुसार लिम्बुमाथि शंका लागि जाँच गर्दा spaspain १ सय ५५ र ramodol १सय ६३ गोटी र ५ ग्राम गॅाजा बरामद भएको हो । लिम्बूलाई आवश्यक कारबाही तथा मुद्दाको लगि इलाका प्रहरी कार्यालय धरान बुझाएको सशस्त्र प्रहरी बल धरानले जनाएको छ ।


