Comments Add Comment

Advertisment

SKIP THIS

अपराध अनुसन्धान कार्यालयले पोल्याण्ड पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोल्याण्ड पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाको धनकुटा उपमहानगरपालिका ७ घर भई हाल भक्तपुरको सुर्यबिनायक नगरपालिका–१३ बालकोट बस्ने २५ वर्षीय प्रदिप बुढाथोकी रहेका छन् ।

बुढाथोकीले कल्पना विश्वकर्मालाई पोल्याण्ड जान प्रतिव्यक्ति सात लाख ५० हजार लाग्ने भन्दै १ लाख ८० हजार ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बुढाथोकीले पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ५० रुपियाँ तलव हुन्छ भनी प्रलोभनमा पारेकाम थिए।

बुढाथोकीले पटक–पटक गरी सो रकम पीडितबाट उठाइ सम्पर्कविहिन रहेको अवस्थामा वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो ।

प्रहरीले उनलाई काठमाडौंको नयाँबानेश्वरबाट पपक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै