Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी बियोपी जमुनाहले लागुऔषधसहित १ जनालाई

(महेन्द्र सिंह) बाँके । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ बस्ने २७ बर्षीय सुदिप महतरा रहेका छन ।

उनलाई नेपालगन्ज १६ भन्सार कार्यालयको अगाडि चेक प्वाइटबाट लागुऔषध फेला पारी पक्राउ गरिएको सशस्त्र प्रहरी बिओपी जमुनाहाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिए ।

उनका अनुसार, शंकास्पद तरिकाले भारतबाट नेपाल तर्फ आउँदै गरेका उनलाई चेकजाँच गर्दा १ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ, इन्जेक्सनबाट दिइने तरल पदार्थ ४ सिसी लागुऔषध फेला परेको हो । यस्तै नगद ६६१० रुपैयाँ, नागरिकता, पासपोर्ट र एक थान मोबाइल बरामद गरिएको छ ।

नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै