छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक प्रहरी हिरासतमा -
Comments Add Comment

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक प्रहरी हिरासतमा

२० साउन , काठमाडौ । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पनौती नगरपालिका२- स्थित कुशादेवि माध्यमिक विद्यालयका शिक्षक छविरमण गौतमलाई ईलाका प्रहरी कार्यालय बनेपाले हिरासतमा लिएको छ ।

कक्षा कोठाभित्रै छात्रामाथि यौन जन्य दुर्व्यवहारको आरोप लागेका शिक्षक गौतमलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । पनौती-२ मा रहेको कुशादेवी माविमा अध्यापन गराउने गौतमले पटक-पटक आफूहरुलाई यौनजन्य दुर्व्यवहार गरेको भन्दै कक्षा १० मा अध्ययनरत ११ जना छात्राहरुले गत मंगलबार सामूहिकरुपमा प्रहरीकोमा किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।

कार्यालयका अनुसार, जाहेरीपश्चात् प्रहरीले गरेको अनुसन्धानपछि शिक्षक गौतमलाई बनेपाको तीनदोबाटोबाट हिरासतमा लिएको हो । उनलाई हिरासतमा राख्न अदालतमा म्याद थप्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बोहोराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment