Comments Add Comment

Advertisment

SKIP THIS

‘शिक्षकको तलब निजामती कर्मचारीसरह बनाऔँ, आजीवन शिक्षक बन्ने व्यवस्था हटाऔं’

९ साउन , काठमाडौ । सांसदहरूले माध्यमिक तहका सबैखाले शिक्षकको तलब सुविधा निजामती कर्मचारीसरह हुनुपर्ने मत राखेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा बोल्ने अधिकांश सांसदले यस्तो मत राखेका हुन् ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद कान्तिका सेजुवालले भनिन्, शिक्षकहरूबीच तलबमा अहिले रहेको विभेदको अन्त्य हुनुपर्ने सांसद कान्तिका सेजुवालले बताइन् । अब बन्ने ऐनमा सबैखाले शिक्षक कर्मचारीलाई दरबन्दीमा समेट्नु पर्ने उनको माग छ ।

सेजुवालकै प्रस्तावमा समर्थन जनाउँदै सांसद सूर्यप्रसाद ढकालले शिक्षकको तलब निजामती कर्मचारीभन्दा बढी हुनुपर्ने धारणा राखे । शिक्षकलाई विभिन्न वर्गमा नराखेर समान तलब सुविधाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

हाल देशभरका सामुदायिक विद्यालयमा दरबन्दीभित्रका ९७ हजार १३१ स्थायी, १३ हजार ९६९ अस्थायी र ४२ हजार १६५ राहतका शिक्षक छन् । तर, बाल विकास, अनुदान, विशेष शिक्षालगायत गरी १९ प्रकारका शिक्षक छन् । उनीहरूको तलब सुविधा र सेवाको मापदण्ड पनि फरकफरक छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा सम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ । विधेयकमाथि संशोधन दर्ता गरेका सांसदहरूले स्थायी र करार शिक्षकबीचको असमान तलब हटाउनुपर्ने, एक पटक आयोग पास गर्दा आजीवन शिक्षक हुन नपाउने जस्ता विषय उठाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment