Comments Add Comment

Advertisment

SKIP THIS

स्थानीय तह निर्वाचनका लागि ७९ वटा दल दर्ता

१ चैत , काठमाडौ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजजनीतिक दल दर्ता भएका छन् ।

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेले आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको जानकारी दिए ।

दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता भएको उनले बताए ।

‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णय अनुसार ७९ वटा राजनीतिक दलहरु दर्ता भएका छन्,’ पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै