६ बैशाख, काठमाडौ । नेकपा माओवादी केन्द्र तारकेश्वर वडा नं. ९ को वडा सम्मेलन सम्पन्न भएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार धनलाल महर्जन, शिक्षा विभाग समिति सदस्य शिव बहादुर भण्डारी, बागमती प्रदेश कमिटि सदस्य पार्वती थापा, नगर कमिटि अध्यक्ष जग्गनाथ राजवाहक, रसुवा–काठमाडौं सम्पर्क समितिका रजनी अधिकारी लगायतको सहभागितामा करिव १०० जनाको सहभागितामा सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमको सभापति मदन अधिकारीले गरेका थिए ।
नवगठित वडा कमिटिमा अध्यक्षमा जीवराज अधिकारी, उपाध्यक्षमा गोपिमाया घिमिरे, तारा महर्जन र अप्सरा डंगोल, सचिवमा तिलक वली, कोषाध्यक्षमा प्रविना देवकोटा सदस्यहरुमा सरिफा बिबी, नन्दलाल महर्जन, डम्बर खपाङ्गी, रमिता मगर, रञ्जना भट्टराई सीता बुढाथोकी अधिकारी, उमा भण्डारी, रमा खतिवडा, विरमान ग्लान, फिरज गुरुङ, बुद्धिराम परियार, नारायण शर्मा, दुर्गा श्रेष्ठको वडा कार्य समिति गठन गरेको छ ।
त्यस्तै ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा श्रीकृष्ण ढुंगाना, दुर्गेश श्रेष्ठ, रामचन्द्र लम्साल, विनोद सिंखडा, हरिशोभा अधिकारी रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि हिमाल शर्मा सहितका अतिथिहरुले खादा र माला लगाएर शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै विशेष अतिथि शिवबहादुर भण्डारीले दश वर्षे माओवादी आन्दोलनले मात्र दलित, जनजातीहरु आज अनिवार्य जनप्रतिनिधि बन्न पाएका छन् । महिलाको छुट्याउने काम भएको छ । जनताले यति धेरै अधिकार राजतन्त्रमा कहिल्यै पाउने कुरा थिएन ।
त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि धनलाल महर्जनले अहिलेको व्यवस्थालाई बेठिक भनेर आन्दोलन गर्नेहरु नै देशको विकास नचाहने तत्व हुन् । भोली बैशाख ६ गते शनिबार नेपाल भाषालाई राष्ट्रिय भाषा तत्कालिन प्रचण्ड सरकारले घोषणा गरेको हुँदा भोली काठमाडौंका नेवार समुदायले प्रचण्डलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै तत्कालिन बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले प्रदेशमा नेवारी र तामाङ भाषालाई राष्ट्रिय भाषाको रुपमा प्रयोग गर्ने नीति बनाई लागु गरेको कारण सम्मान गर्न लागेको हो ।
तारकेश्वर नगर कमिटि अध्यक्ष जग्गनाथ राजवाहकले तारकेश्वरको स्थानीय सरकारले जनपक्षिय काम नगरेको हुँदा आउँदो चुनावमा जनताले भोटबाट नै फाल्न आवश्यक भएको बताए । आफुहरुले जनताको कामका लागि बारम्बार ताकेता गर्दा पनि अहिलेको स्थानीय सरकारले कुनै अग्रसरता नदेखाएपछि हामी नगरपालिका जान छोड्यौं ।
कार्यक्रम सन्चालक जिवराज अधिकारी गरेका थिए । भने स्वागत मन्तव्य ९ नं. कमिटी इन्चार्ज प्रकाश महर्जनले दिएका थिए । तारकेश्वर–४ का वडा कमिटी अध्यक्ष बिमल अधिकारीले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै विद्यार्थी नेता गणेश थापा मगरले राजतन्त्रको पक्षमा आन्दोलन गर्नेहरु समाज परिवर्तन भएको देख्न नचाहने तत्वहरु हुन । गणतन्त्रबाहेक अरु विकल्पमा सोच्न सकिन्न । अहिलेको ब्यबस्थामा पुराना सत्ताधारी दलले जनपक्षिय कार्य गर्न नसकेको कुरा स्वभाविक हो ।
राजतन्त्र फर्किने कुरा कुनै हालतमा हुन सक्दैन । यो ब्यबस्था ल्याउन धेरैले बलिदान गरेका छ्न । सहिद भयका छ्न । आज भोलि राजतन्त्रको भूतहरु सलबलाउन थालेका छन् । राजतन्त्रको रैतीहरु कहिल्यै नागरिक बन्न सकेनन् । अहिले राजतन्त्रको अवशेषहरु भडकिरहेका छ्न । काङ्ग्रेस र एमाले नक्कली गणतन्त्रवादी हुन । माओवादी केन्द्र अहिले जनताको घरदैलो अभियान सन्चालन हुँदा जनलहर बढेको छ ।