Comments Add Comment

Advertisment

SKIP THIS

‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो’

४ मंसिर , काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताएका छन्।

डा कोइरालाले आज बिहान आदर्श माध्यमिक विद्यालयमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माध्यमबाट संविधानको रक्षा, राजनीतिक स्थिरता, भ्रष्टाचार न्यूनीकरण र शासन कायम हुने धारणा राखे ।

उनले कांग्रेसको नेतृत्वमा आगामी दिनमा गठबन्धनको सरकार निर्माण हुने र कांग्रेस नेतृत्वको दाबेदारी रहने बताए । उनले निर्वाचनको परिणामपछि कांग्रेस कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा निर्णय हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै