Comments Add Comment

Advertisment

SKIP THIS

सई गुरुङ गण्डकी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित

११ फागुन , काठमाडौ । ईलाका प्रहरी कार्यालय बुर्तिवाङ बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) मंगल प्रसाद गुरुङ प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा सई गुरुङलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

सई गुरुङले सांगठनिक मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको हुनाले उनलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) बुद्धिराज गुरुङले जानकारी दिए ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा कार्यरत प्रहरीहरुमध्ये सर्वोत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिनामा पुरस्कृत गर्दै आइरहेको डीआईजी गुरुङले बताए ।

332125306_552759573490525_4752100723735244969_n (1)1677153596.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment