९ असोज , काठमाडौ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी जवान टिकाराज खापुङ्गलाई २०८१ साल भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरीएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान खापुङ्गले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भदौ ६ गते सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थित कोशी लोकमार्गमा धनकुटाबाट आउदै गरेको ट्रकमा ४४ वटा बोरामा रहेको १ हजार ४ सय २० किलोग्राम गाँजा सहित २ जनालाई र ईटहरी उप-महानगरपालिका-१ स्थितबाट २ सय ४३ किलो ५०० ग्राम तयारी गाँजा बोकेको कार सहित चालकलाई नियन्त्रणमा लिएको र भदौ १७ गते धरान-१३ निसाने स्थितबाट ४ वटा बोरामा ९८ किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा लिएको साथै भदौ २९ गते मोरङको ग्रामथान गाउँपालिका-४ स्थितबाट जुवा खेल्ने ९ जनाको समुह सहित जुवाको खालबाट १६ थान कौडा र १८ लाख ४९ हजार ५ सय रुपैया समेत बरामद गर्न सूक्ष्म रुपमा सूचना सङ्कलन तथा निगरानी गरी अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा निज प्रहरी जवान खापुङ्गले गरेको उत्कृष्ट कार्यहरुको उच्च मुल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरेको हो ।