Comments Add Comment

Advertisment

SKIP THIS

अर्घाखाँचीमा २५ जनाभन्दा बढी भेला हुन रोक : सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

२८ पुष , काठमाडौ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिडको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन तथा सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ ।

मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला, जात्रा, महोत्सव, हाटबजार जस्ता भिडभाडजन्य कार्यक्रम सञ्चालन नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।

सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बन्द गराउन अनुरोध गरेको प्रशासनले पूर्वनिर्धारित परीक्षाहरु भने जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।

त्यस्तै सिट क्षेमताभन्दा यात्रु नबोक्न तथा हरेकपटक डाडीहरुलाई निसंक्रमण गर्न प्रशासनले अनुरोध गरेको छ । हरेक सवारीसाधनहरुको ढोकामा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नका साथै मास्क नलगाएकालाई यात्रा गर्न नदिनसमेत प्रशासनको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै