Comments Add Comment

Advertisment

SKIP THIS

शिष्टता र नम्रताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने डिआईजी रामदत्त जोशीको निर्देशन

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीद्वारा जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ तथा बिपद व्यबस्थापन गुल्म बागलुङको निरिक्षण गर्नुभएको छ ।                                                                     

प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक कार्यालय बागलुङ तथा बिपद व्यबस्थापन गुल्म निरीक्षण भ्रमणको सिलसिलामा अपराध अनुसन्धान शाखा लगायत सम्पूर्ण शाखाहरु,कार्यालय तथा व्यारेक, हिरासत कक्ष, मेश लगायतका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई अपराध अनुसन्धान तथा अपराध नियन्त्रण कार्यमा खटिने प्रहरी कर्मचारीहरुले आफुले समगठनबाट सिकेको ज्ञान सिपलाई कुशलतापुर्वक जिम्मेवार भई उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने , नजिकिदै गएका चाडपर्व तथा निकट भविष्यमा हुन गईरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपुर्ण तवरबाट सम्पन्न गर्नको लागी शारिरीक तथा मानसिक रुपमा तयार रहन समेत निर्देशन दिनु भयो ।                                                                                 

निरिक्षण तथा निर्देशन कार्यक्रम पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधि, पत्रकार, नागरिक समाजका अगुवा लगायतका उपस्थित व्यक्तिसँग साक्षत्कार समेत गर्नु भएको थियो ।                                                                               

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै