Comments Add Comment

Advertisment

SKIP THIS

मानव बेचबिखन नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट

२ असोज ,काठमाडौ । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेकोले आज मिति २०७८।०५।३० गते महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको छ ।

पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयका सचिव याम कुमारी खतिवडा(वास्कोटा)ले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई उक्त सम्मान प्रदान गर्नु भयो

१५ औं मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा २०७८ साल भाद्र २० गते नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले गरेको उल्लेखनीय कार्यको मूल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीलाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले विगत एक बर्षमा मानब बेचबिखन तथा ओसार पसार गरेको कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानब बेचबिखनका साथसाथै जबरजस्ती करणीमा समेत चलाएको थियो ।

त्यसैगरी यस अबधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ बर्षीय बालिकालाई भारतको बैंगलोरबाट उद्दार गरी पारिवारिक पुनर्मिलन गराई दोषी उपर मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीमा मुद्दा चलाएको थियो ।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागी जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतना मूलक कार्यक्रमहरु गर्नुका साथै शान्ति पुनरस्थापना गृह, माईती नेपाल जस्ता संघ संस्थाहरु संग समन्वय तथा सहकार्य गरी सीमा निगरानी, उद्दार, राहत, निशुल्क कानुनी परामर्श जाहेरी लेखन, औषधी उपचार, सुरक्षित आवास, मनोविमर्श, पारिवारिक पुनर्मिलन जस्ता सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment