Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यका ट्राफिक प्रहरीद्वारा एकैदिन ३४ सय सवारी चालकमाथि कारवाही

काठमाडौं – उपत्यका ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १३८ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवंम एसएसपी राजेन्द्र प्रसाद भट्टले बताए ।

एसएसपी भट्टका अनुसार कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १५९ जना, लेन अनुशासन पालना नगर्ने ४२ जना, रेड लाइटमा सवारी साधन चलाउने ५० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२५ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने २४ जना चालक रहेका छन् ।

यस्तै ३ हजार ९ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै