१३ चैत , काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा ३२२ जनाको बढुवा सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका ३२२ जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । २०६७/२०६८ मा प्रहरी सहायक निरीक्षक बाट प्रहरी नायब निरीक्षक मा बढुवा भएका थिए ।
यो समेत गरी प्रहरी वरिष्ठ नायब निरीक्षकमा जम्मा ६८३ जना जनपद प्रशासन तर्फ बढुवा सूचीमा परेका छन् भने अब अझै ४८८ जनाको अझै बढुवा सूचीमा पर्ने छन् ।
प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये दोस्रो सूचीमा शुबबार १७० जनाको बढुवा सिफारिस भएको थियो । यसअघि बिहीवार मात्रै १९१ जनाको बढुवा सिफारिस भएको थियो । थप जानकारी तलको link open गर्नुहोस् ।
si_-ssi_promotion_suchi_2078-12-12


