Comments Add Comment

Advertisment

SKIP THIS

गीतकार पुरुश्वतम सानु ‘श्रष्टा सम्मान-२०७९” बाट सम्मानित

२ भदौ , काठमाडौ । दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड -२०७९ मा गीतकार पुरुश्वतम सानु ‘श्रष्टा सम्मान-२०७९ बाट सम्मानित गरिएको छ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख दिपक कुमार रिसालको बिसेष आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा प्रमुख अतिथि प्रचण्ड मार्फत गीतकार पुरुश्वतम सानुलाइ सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान प्रदान गरिएको थियो ।

बिगत लामो समय देखि गीति लेखन तथा साहित्यको माध्यम बाट मुलुकलाइ मौलिक कला संस्कृति मार्फत सम्बृद बनाउन खेलेको भूमिकाको उच्च मुल्यांकन गर्दै गीतकार पुरुश्वतम सानुलाइ ‘नेशनल इन्टरटेनमेन्ट श्रष्टा सम्मान-२०७९’ सम्मान प्रदान गरिएको आयोजक संस्थाले जानकारी गराएको छ।

उक्त अवार्डमा वरिष्ठ कलाकार, निर्देशक कृष्ण मल्ललाई दीर्घ साधना सम्मान, चर्चित गायक चेतन सापकोटालाई संगीतकर्मी रजत सम्मान, चर्चित पत्रकार ऋषि धमलालाई पत्रकारिता रजत सम्मान त्यस्तै वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठलाई नारीरत्न सम्मानबाट सम्मानित गरिएको आयोजक तथा अवार्डका अध्यक्ष सूर्य चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment