१५ चैत , काठमाडौं । बझाङमा बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार २२ वर्षकी बुहारीलाई बलात्कार आरोपमा ४२ वर्षका जेठाजु पक्राउ परेका हुन् ।
पक्राउ परेका जेठाजुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महिलालाई स्वास्थ्य परीक्षणपछि सुरक्षित घरमा राखिएको छ ।







