संझनाले छल्किन्छन् आशुका थोपाहरू
आफैमा उठिरहन्छन् बेदनाका छालहरू
कहाँ राखौं कहाँ पोखौं संझनाका पलहरु
यसै यसै आईरहन्छन् निष्ठुरी यादहरू।।
हिजो जस्तो लाग्छ ति खुशीका मिठा पलहरु
सगै सगै सुस्ताएका ति चौतारीका खुशीहरू
कहाँ राखौं कहाँ पोखौं खुशीका ति गीतहरू
यसै यसै आईरहन्छन् निष्ठुरी यादहरू।।
सगै सगै हेरेका तिनी पखेरूका आखाँहरू
उदाईदिन्छन् साँझभरी ताराहरू सगै सधैं
कहाँ राखौं कहाँ पोखौं संझनाका पलहरु
यसै यसै आईरहन्छन् निष्ठुरी यादहरू।।
गोधुलीमा लेखेका तिनी मायालु हातहरू
कथा बनि आफैमा उठिरहेका ब्यथाहरू
छुपुछुपु रोपेका तिनी जीवनका सपनाहरू
कहाँ राखौं कहाँ पोखौं निष्ठुरी यादहरू।।
कति छिट्टै भूल्यौ फेरि मिठा तिनी सपनाहरू
आफै मिली सिगार्नेआफ्नै सुन्दर कल्पनाहरु
छोडिगयौ ब्यथाहरू अडकिरहन्छन् घरिघरि
कहाँ राखौं कहाँ पोखौं निष्ठुरी यादहरू।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।







