२२ जेठ , काठमाडौ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ ।
डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २१ हजार ४५७ जनामा संक्रमण भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ पुगेको छ ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएको भारतमा मृतक संख्या ३ हजार आसपासमा झरेको छ । आज भारतमा ३३ सय ८२ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ४४ हजार १०१ पुगेको छ ।