४ असोज , काठमाडौ । सरकारले इजाजत प्राप्त गरेका व्यक्तिले पनि हातहतियार बोकेर सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा हिड्न रोक लगाएको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै हातहतियार बोकेर सार्वजनिक स्थलमा हिड्न रोक लगाएको हो ।