Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

११ पुष , काठमाडौ ।  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत सम्पर्कविहीन २१ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ ।

प्रधान कार्यालयले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन सूचना जारी गरेको हो । सूचनामा कार्यालयमा अनुपस्थित रहनुको कारण खुलाइ हाजिर हुन भनिएको छ ।

तोकिएको अवधिभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाइने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment