Comments Add Comment

दैनिक १५ मिनेट योग अभ्यास गरेपछि मात्रै काम थाल्न कर्मचारीलाई गृह मन्त्रालयको निर्देशन

११ असोज , काठमाडौ । गृह मन्त्रालयले दैनिक योग अभ्यास गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएको छ।

उपसचिव भीमकान्त शर्माले सबै महाशाखाका प्रमुखहरूलाई गरेको पत्राचारमा बिहान कम्तीमा १५ मिनेट योग अभ्यास गर्नुपर्ने उल्लेख छ।

‘अधिकृतस्तरका सबै कर्मचारीहरूले हरेक दिन बिहान १० बजेर १५ मिनेटभित्र अनिवार्य रूपमा कम्तीमा १५ मिनेट योग अभ्यासरध्यान गरेरमात्रै आ(आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउनुहुनका साथै अन्य कर्मचारीहरूलाई योग प्रशिक्षण गरिसकेपछि सोही अनुरूप योगरध्यान गर्ने व्यवस्था र वातावरण बनाउनुहुन समेत निर्देशानुसार सादार अनुरोध छ,’ पत्रमा उल्लेख छ।

पत्रमा अधिकृतदेखि उच्च तहका कर्मचारीहरूले योग अभ्यासको तालिम पाइसकेको भन्दै अन्य तहका कर्मचारीका लागि पनि छिट्टै तालिमको व्यवस्था गरिने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment