Comments Add Comment

Advertisment

SKIP THIS

उदयपुरमा हजुर आमाको हत्या गर्ने नाति पक्राउ

१२ जेठ , काठमाडौं । उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ वर्षीय नाति रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान ६ बजे हजुरआमा र नाति बिच जग्गा अंश बण्डाको विषयमा वादविवाद भई झै-झगडा भएको र रिसको आवेगमा रोहितले मनमायालाई शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमा मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिगई कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणको लागी कटारी अस्पताल पठाएको प्रहरीले बताएको छ । हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै