Comments Add Comment

Advertisment

SKIP THIS

चोरी तस्करीका घटनाहरूलाई नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न डिआईजी ज्ञवालीको निर्देशन

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीले जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षण भ्रमणको क्रममा उनले कार्यालयका सम्पूर्ण शाखाहरूको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन्। निर्देशनको क्रममा उनले आम नागरिकहरूको सुरक्षार्थको निम्ति प्रहरी अहोरात्र खटिई विभिन्न आपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरूलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने तथा समय समयमा छोटो तथा लामो गस्ती निकाली आपराधिक गतिविधिहरू हुन/गर्न नपाउने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए।

साथै प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न र नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउँदै विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नसमेत निर्देशन दिए।

सोही क्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले खोटाङ जिल्लाको समग्र वस्तुस्थितिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै