Comments Add Comment

Advertisment

SKIP THIS

हतारमा प्रहरी समायोजन नगर्न पूर्व आईजीपी ओम राणाको आग्रह

काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक ओम विक्रम राणाले हतारमा प्रहरी समायोजन नगर्न आग्रह गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका मन्त्रीहरू र प्रहरी प्रमुखलाई बोलाएर १५ दिन भित्र जसरी पनि प्रहरी समायोजन गर्न निर्देशन दिएको विषय कोट्याउँदै राणाले सरकारलाई सुझाव दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले लेखेका छन्,‘ प्रदेशका मुख्य मन्त्रीज्यूहरूको दबाब थेग्न नसकेर प्रधानमन्त्रीज्यूले १५ दिन भित्र प्रहरी कर्मचारीहरूलाई प्रदेशमा समायोजन गर्न निर्देशन दिनु भएको कुरा सञ्चार माध्यमबाट सुसूचित भयो । जसरी अहिले समायोजन गर्न लागिएको छ, त्यसले ठुलो सङ्ख्यामा रहेको प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकहरूको वृत्ति विकासमा नराम्रो असर पर्ने सुनिश्चित छ।’

राणाले प्रदेश प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीहरू केन्द्र मातहत रहने भए पछि जिल्लाको शान्ति सुरक्षाको जिम्मा कसले लिने भन्नेमा अन्योल देखिएको उल्लेख गरेका छन् । टिप्पणीमा उनले लेखेका छन्,‘ हतारमा समायोजन गरेर पछि पछुताउनु भन्दा हाल पूर्व मुख्य सचिव लीलामणि पौडेलज्यूको संयोजकत्वमा गठित समितिले पनि यस सम्बन्धमा काम गरिरहेको हुँदा केही समय कुर्नु नै बेस होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै