२४ असार , काठमाडौँ । प्रहरी बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाल्पा जिल्लाको तानसेन नगरपालिका–१४ घर भइ हाल काठमाडौंको नागार्जुन बस्ने वर्ष ५६ का विष्णु प्रसाद गैरे रहेका छन्।
शरद मल्लको जाहेरीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट सात लाख बिगो कायम गरी गत जेठ २७ गते पक्राउ अनुमतिको आदेश भएको थियो ।
गैरेलाई अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बिहीबार पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर, टेकु पठाएको छ।







