१ भदौ , काठमाडौ । पशुपतिको कोटीहोम स्थलमा शुक्रबार साँझ प्रहरी पुगेर विवादित कथाबाचक विजय कृष्णमूर्ति जी महाराजलाई भने, ‘महाराजजी एकछिन हामीसँग जानुपर्ने भयो ।’
कोटीहोम समापन गरेर पार्किङमा आएका कृष्णमूर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र गौशाला वृत्तका सादा पोसाकका प्रहरी कुरेर बसेका थिए । विजयले प्रहरीको आग्रह अस्वीकार गरे ।
उनीसँगै साथमा भएका सहयोगीले प्रतिकार गर्न थाले । फेसबुक लाइभमार्फत कृष्णमूर्तिले भने, ‘मलाई पक्राउ गर्न प्रहरी आएको छ, सबैजना पशुपति आउनुस् ।’




