Comments Add Comment

Advertisment

SKIP THIS

पोखराको राष्ट्रबैंक चोकमा जीप दुर्घटना, ८ जना चिनियाँ पर्यटक घाइते

पोखरा । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । ड्यासाइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङ चोक तर्फ आइरहेको बा १ प ८५१ नम्बरको माइक्रो हाइस ठोक्किएका हुन् ।

घाइतेहरू सबै चिनियाँ नागरिक हुन् । हाइसमा १३ जना चिनियाँ नागरिक सवार थिए । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

सबैको अवस्था खरामुक्त छ । स्कारपिओले राष्ट्रबैंकमा रहेको एक्सप्रेस मनिचेन्जरमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै